असर ६ गते बिबिसी ताजा खाबर,बारा। नेकपा(माओवादी केन्द्र) निजगढद्वारा संचालित कोभिड-१९ विरुद्ध हेल्प डेस्क मार्फत निजगढ न.पा. १० लाल स्थित पल्युल्ल साम्तेलिङ्ग गुम्बामा

१ थर्मल गन १ थान
२ अक्सोमिटर १ थान
३ सर्जिकल मक्स ५०० पिस
४ सेनिटाइजर ५ लिटर
५ लिक्युइट सेनिटाइजर १ बोतल, स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।यस गुम्बालाई तपसिलका सामग्री।

यस अघि पनि निजगढ नगर पालिका वडा ११ रतनपुरमा (रु. २७ हजार बराबरको स्वास्थ्य सामाग्री)
१. पिपिई – २ सेट,
२. थर्मल गन- २ थान
३. अक्सोमिटर – २ थान
४. मेडिकल मास्क – ५०० पिस
५. KN95 मास्क – २० पिस
६. सेनिटाईजर – ५ लिटर
७. फेस सिल्ड – १० पिस
८. पानी – १० कार्टुन
९. डिसिइन्फेक्सन स्प्रे- १ लिटर, वितरण गरेको छ ।


१०. पम्प स्प्रे- १ थान भरतगंज सिंगौल स्वास्थ्य चौकि-: मिति २०७८ जेष्ठ १८ गते वडा अध्यक्ष केशव प्रसाद उपाध्याय(ढोडारी) र स्वास्थ्य चौकी प्रमुख बिमला लामिछानेलाई हस्तान्तरण !
(रु. २४ हजार बराबरको स्वास्थ्य समाग्री)
१. पिपिई – २ सेट
२. थर्मल गन- १ थान
३. अक्सोमिटर – २ थान
४. मेडिकल मास्क – ५०० पिस
५. KN95 मास्क – २० पिस
६. सेनिटाईजर – ५ लिटर
७. फेस सिल्ड – १० पिस
८. पानी – १० कार्टुन
९. डिसईन्फेक्सन स्प्रे – १ लिटर
१०. पम्प स्प्रे – १ थान,

सामग्रीहर वितरण गरेसको छ। आजको अभियानमा उपस्थिति भैई सहयोग गर्नुहुने,(माओवादी केन्द्रका) प्रदेश नं २ का सदस्य, युवाहरुको मन जित्न सफल, समाज सेवी तथा युवा नेता रविराज दंगाल जिल्ला कमिटि सदस्य, कुमार मोक्तान, अखिल नेपाल महिला संघ(क्रान्तिकारी) नगर अध्यक्ष, धनमाया लामा, नगर सचिवालय, यतिराज सापकोटा, वडा नं १० पार्टी ईन्चार्ज श्याम रायमाझी, कुमार लामा, महिला नेतृ अम्बिका सिग्देल, अभियानका अभियन्ता नेत्र वल आजको अभियानमा सहभागी टिकामाया लामा, हिरालक्ष्मी लामा, नारायण लामा,गोमा लामा, मिलन लामा लगायत समाज सेविहरुको बाक्लो उपस्तिथी रहेको थियो ! त्यसै गरि

नेकपा (माओवादी केन्द्र) निजगढले जेष्ठ ८ गतेदेखी संचालन गरेको कोभिड १९ विरुद्धको हेल्प डेक्सले निशुल्क एम्बुलेन्स सेवा, प्राथामिक स्वास्थ्य केन्द्रमा दैनिक मास्क,पानी र सेनिटाईजरको व्यवस्था, हस्पिटलमा बिरामि र कुरुवालाई निशुल्क खाना व्यवस्था, कोभिड लागेका र अति विपन्न लाई स्वास्थ्य समाग्री सहित राहतको व्यवस्था, विभिन्न स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण र बिरामि भेटघाट र परामर्शको कार्यहरु गर्दै आएको छ। यसै अभियान अन्तर्गत यहि असार ९ गते खुल्ला रक्तदान कार्यक्रम समेत राखिएको नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ का सदस्य एवं युवा नेता रविराज दंगालले जानकारी दिनु भयो।
हरेक आन्दोलन र राजनैतिक गतिविधिमा जनताको साथ खोज्ने राजनितिक पार्टीहरुलाई गतिलो सबक सिकाउदै नेकपा(माओवादी केन्द्र) निजगढले जनताको सुख दुःखमा जोडिएर गरेको देशकै नमुना कार्यक्रम हो। यस्मा धेरैले सहयोग गरेको र अभियान निरन्तर रहने समेत
प्रतिबध्दता जनाएको छ।