निजगढ नगर पालिका वडा न :१२ मा गठित वडा एकता खेलकुद बिकास समितिले दशैँ तथा दिपावलीको उपलक्ष्यमा आयोजना गरेको साबिक रतनपुरी स्तरीय खशी बाजी नकाउट फुटबल प्रतियोगिताको आज फाईनल खेल सम्पन्न भएको छ। साबिक रतनपुरी स्तरिय नकाउट फुटबल प्रतियोगितामा निजगढ वडा न: १० ,११,१२, र १३ का गरि कुल १३ टिम सहभागी रहेको खेलमा योङ्ग स्टार युनाईटेड क्लव र आयोजक वडा एकता खेलकुद बिकास समिति फाईनल प्रवेश गरेको थियो। आज दिनको ४ :०० बजे देखि शुरु भएको सो खेल निक्कै नै प्रतिस्पर्धात्मक खेलमा योङ्ग स्टार युनाईटेड क्लवले बाजी मार्न सफल भएको छ। योङ्ग स्टार युनाईटेड क्लवको तर्फबाट आफ्नो टिमलाई जित दिलाउन जर्सी न:१० शंकर लामाले एक मात्र एक गोल गर्न सफल भएको थियो। पहिलो हाफको समय अवधिभर दुवै टिमबाट प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ खेल बराबर हुन पुगेको थियो। दोश्रो हाफको खेल शरु भएको करिव १९ मिनेटमा आफ्नो टिमलाई विजय गराउन एकमात्र गोल योङ्ग स्टार युनाईटेड क्लवका शंकर लामाको गोल नै काफी बनेको थियो।
बिजेता टिमले रु २२००० बराबरको खशी तथा प्रमाणपत्र र मेडल त्यस्तै उप बिजेताले रु १२००० बराबरको बोका तथा प्रमाणपत्र र मेडल हात पारेको छ।
निजगढ १२ बोङ्ग्जोरको खेल मैदानमा भएको फाईनल तथा समापन समहारोह कार्यक्रमको अध्यक्षता वडा एकता खेलकु बिकास समितिका संयोजक ईन्द्र बहादुर भुलोन(दिनेश)ले गरेको थियो भने सो कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष ज्ञान बहादुर गोले अतिथि कार्यपालिका सदस्य पवन बिक समाजसेबी कुमार मोक्तान लगाएत सहभागीरहेको थियो।