जनकपुरमा शनिबार आयोजित अधिवेशनबाट ११ सदस्य प्रदेश कमिटि गठन समेत गरिएको छ । प्रदेश कमिटीको अध्यक्षमा वैद्यनाथ यादव( धनुषा), उपाध्यक्षमा सुष्मा यादव (धनुषा), सचिवमा सत्रोहन यादव(महोत्तरी), सहसचिवमा कमलेश मण्डल(धनुषा) र कोषाध्यक्षमा शशि देवकोटा(सर्लाही) सर्वसम्मत चयन गरिएको नेपाल क्युकोशिन बुदोकाई कराते संघका केन्द्रिय सदस्य मोहम्मद असगर खाँले जनाकारी दिए ।

त्यसैगरि, सदस्यमा अञ्जना ढुंगेल (सर्लाही), मिन लामा (सर्लाही), महेश कुमार यादव (सप्तरी), बेचन यादव(सिरहा) नरेन्द्र राउत कुर्मी (पर्सा) र लक्ष्मेश्वर यादव (धनुषा) रहेका छन् । त्यसैगरि, सल्हाकारहरुमा मोहम्मद असगर खाँ (धनुषा), भिम प्रसाद काप्ले सुभााष(सर्लाही) र राकेश यादव(महोत्तरी)लाई चयन गरिएको छ ।
नया पत्रिका