अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान विक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै खतिवडाले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कारबाहीको दायरामा ल्याउन बाध्य हुने स्पष्ट पारे । उनले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गरे ।
नया पत्रिका