मुम्बई (एजेन्सी)- भारतीय कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँगको विवाह छिटै घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । एक अंग्रेजी वेबसाइटका अनुसार, प्रेमिकाका बाबुआमाले उनीहरूको सम्बन्धलाई जतिसक्दो चाँडो औपचारिकता दिन दबाव दिएकाले सो घोषणा हुनसक्ने जनाइएको छ।

कपिलकी आमासमेत छोराको विवाह छिटै होस् भन्ने पक्षमा छिन् ।  कपिलको परिवारबाट यस्तो दबाव भए पनि गिन्नी भने कपिलले आफ्नो सबै काम सकेपछि मात्र लगनगाँठो कस्ने मुडमा छिन् । विवाहका लागि गिन्नीले केही सर्त राखेकी छिन्।

गिन्नीले कपिलले विवाह अगाडि मदिरा त्याग्नुपर्ने सर्त राखेकी छन् । मिडिया रिपोर्टका अनुसार, कपिलले मदिरा पिउन छोडेका छन् । अत्यधिक मदिरा सेवनका कारण कपिलको आफ्ना सहकर्मी कलाकार सुनील ग्रोभरसँग प्लेनमै हात हालाहाल भएको थियो।

कपिलको फिल्म ‘फिरंगी’ यसै महिना रिलिज हुँदैछ।